२०८३ जेष्ठ २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना

बिजय नेपाली
माघ १, २०८० ०७:४४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना
31
SHARES
Share on FacebookShare on Twitter

पोखरा । २०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे ।
माघे संक्राती अर्थात नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकता भै मिठा-मिठा खाने । विषेश गरि कन्दमुल सखरखण्ड र तरुल खाने प्रचलन । पोखरामा त झन एक ऎतिहासिक ढुन्ङेसाघु मेला हुने गर्छ ।
एक वर्ष अघि आजकै दिन अर्थात माघ १ गते काठमाडौंबाट पोखराका लागि यति एयर बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुको एकै चिहान बन्यो । जुन दुर्घटना नेपाली हवाइ इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो ।
विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरि ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका थिए ।
 यस्तो र दुर्घटनाको छानबिन प्रतिवेदन 

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको छ ।

विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए। विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

नेपालको हवाई दुर्घटनाको इतिहास
– ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुर्घटना भएको थियो । जुन दुर्घटनामा ४ जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो,
–१ अगस्ट १९६२ मा नेपाल वायुसेवा निगमको विमान तुलाचनधुरीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए,
–१२ जुलाई १९६९ मा नेपाल वायुसेवा निगमको विमान हेटौँडा नजिक दुर्घटना भएको थियो । उक्त भयानक दुर्घटनामा ३५ जनाले आफ्नो ज्यान गुमाएका थिए,
–२२ डिसेम्बर १९८४ मा नेपाल वायुसेवा निगमको विमान चेकलाती डाँडामा दुर्घटना भएको थियो । यस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए,
–३१ जुलाई १९९३ मा एभरेष्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए,
–१४ जनवरी १९९५ मा नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो,
–२१ अगस्ट १९९८ मा सांग्रीला एयरको विमान म्यादीमा दुर्घटना हुँदा सवार १८ जनाकै मृत्यु भएको थियो,
–०५ सेप्टेम्बर १९९९, नेकोन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ,
–२५ डिसेम्बर १९९९, स्काइलाइन एयरवेजको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो,
–२६ फेब्रुअरी २०००, नेपाल वायुसेवा निगमको विमान बझाङमा दुर्घटना भएको थियो । जसमा १ जनाको ज्यान गयो,
–२७ जुलाई २०००, नेपाल वायुसेवा निगमको विमान, डडेल्धुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो,
–१७ जुलाई २००२, स्काइलाइन एयरवेजको विमान, सुर्खेतको गडगडे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु,
–२२ अगस्ट २००२, सांग्रीला एयरको विमान, पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ,
–२१ अप्रिल २००४, बुद्ध एयरको विमान, त्रिभुवन विमानस्थलमा दुर्घटना, १ जनाको मृत्यु,
–५ मे २००४, यती एयरको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो,
–१२ जुन २००६, यती एयरकै विमान जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो,
–८ अक्टोबर २००८, यती एयरको विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ जनाको मृत्यु १ घाइते,
–२४ अगस्ट २०१०, अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु,
–१५ डिसेम्बर २०१०, तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भएको थियो । यसबेला विमानमा सवार २२ जनाले आफ्नो ज्यान गुमाएका थिए,
–२५ सेप्टेम्बर २०११, बुद्ध एयरको विमान,ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु,
–१४ मे २०१२ मा अग्नी एयरको विमान जोमसोम एयरपोर्टमा दुर्घटना, १५ जनाको मृत्यु ६ जना घाइते,
–२८ सेप्टेम्बर २०१२ सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना, १९ जनाको मृत्यु,
–१६ फेब्रुअरी २०१४, नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु,
–२४ फेब्रुअरी २०१६, तारा एयरको विमान, म्याग्दीको दानामा दुर्घटना, सवार २३ जनाकै मृत्यु,
–२७ मे २०१७, समिट एयरको कार्गो विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा २ को मृत्यु, १ घाइते ,
–१४ अप्रिल २०१९, समिट एयरको विमान लुक्ला एयरपोर्टमै दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते,
–२९ मे २०२२, तारा एयरको विमान, सानोसरे मुस्ताङमा दुर्घटना हुँदा विमानमा सवार २२ जनाकै मृत्यु,
–१५ जनवरी २०२३, यती एयरको एटिआर ७२–५०० विमान दुर्घटना हालसम्म ६९ जनाको मृत्यु पुष्टि, ३ जना अज्ञात

नेपालमा भएको अन्तर्राष्ट्रिय विमान दुर्घटनाको भयानक अवस्था

–३० अगस्ट १९५५, कालिङ्गा एयर, सिमरामा दुर्घटना, २ को मृत्यु १ घाइते,
–१५ मे १९५६, इन्डियन एयरलाइन्स, काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु, १९ घाइते,
–२४ मार्च १९५८, इन्डियन एयरलाइन्स, पत्नेभञ्ज्याङ मा दुर्घटना हुँदा २ जनाको मृत्यु,
–१० मे १९७२, त्रिभुवन विमानस्थलमा भएको थाई एयरवेजको विमान दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए ।
–३१ जुलाई १९९२, थाई एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना हुँदा विमानमा सवार ११३ जनाले आफ्नो ज्यान गुमाएका थिए । उक्त विमान दुर्घटना नेपालको इतिहासमा निकै भयानक विमान दुर्घटना मानिन्छ ।
–२८ सेप्टेम्बर १९९२, पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा ठोक्किँदा विमानमा सवार १६७ जना सवैको मृत्यु भएको थियो । जुन नेपालको हवाई इतिहासमा सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।
–०७ जुलाई १९९९, लुफ्थान्स कार्गो विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु,
–१२ मार्च २०१८, युए बंग्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ
अपराध

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 