पाेखरा । पोखराको महेन्द्रपुलमा एक युवाले चक्कु प्रहार गर्दा एक घाइते भएका छन । महेन्द्रपुल स्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार गरेको एक स्थानीयले बताएका छन ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
मोबाइल टावरमै रहेका मोबाइल प्रोमोटरहरुको सनिबार बनभोज कार्यक्रममा सामान्य विवाद भएको स्रोतको दाबी छ । बनभोज सकाएर घर फर्किएपछी महेन्द्रपुलको प्रहरी विटदेखि करिब ५० मिटर तल चक्कु प्रहार भएको स्रोतको दाबी छ । चक्कुले घाइतेकाे काँध र ढाड बिचकाे भागमा चाेट लागेकाे छ ।
घाइतेकाे मेडीप्लस हस्पिटलमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए । चक्कु प्रहारबाट घाइतेकाे विवरण खुल्न बाँकी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-