पाेखरा । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिमखडाले शैक्षिक संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।
जनप्रिय बहुमुखी क्याम्पसकाे २५ आै साधारणसभालाई सम्बाेधन गर्दै शैक्षिक संस्थामा शिक्षा सुधारका याेजना अघि बढ्नुपर्ने धारणा राखिन । उनले शिक्षण संस्थामा राजनिती गर्दा शिक्षाकाे गुणस्तर घट्ने बताईन् ।
नेपालमा रहेका विद्यार्थीलाई नेपालमा नै राेजगारी हुने वातावरण मिलाउनुपर्ने बताईन् ।
पछिल्लो समयमा धेरै विद्यार्थी बिदेश गएको बताउदै अध्यनकाे लागि विदेश जानू नराम्रो नरहेको धारणा राखिन् ।
विदेशमा सिकेको सिपलाइ नेपालमा प्रयोग गर्नुपर्ने मन्त्री सिमखडाकाे धारणा छ ।
विदेशीएका विद्यार्थीमा नेपालकाे माया हुनुपर्ने उनले बताईन् ।
क्याम्पसका सल्लाहकार विश्वप्रसाद बरालले क्याम्पसमा विद्यार्थीकाे संख्या घट्दै गएकोमा दुख ब्यक्त गरे । अहिले नेपाली विद्यार्थीले विदेशी भुमिमा श्रम गर्न बाध्य गरेको धारणा राखे ।
क्याम्पस सुरु हुँदा भन्दा अहिले बिद्यार्थी घटेको बताए ।
क्याम्पस प्रमुख लाेकराज भण्डारीले ३ हजार बढि बिद्यार्थी रहेको जानकारी दिए । उनले पछिल्लो समयमा क्याम्पस गरेको गतिविधिकाे बारेमा जानकारी दिए ।
जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष क्याम्पसले गुणस्तरीय शिक्षा सुधारमा ध्यान दिएको बताए । क्याम्पसले नयाँ कार्यक्रम संचालन गर्ने याेजना सुनाए । क्याम्पसले लागि ४० राेपनी जग्गा आवस्यक परेको जानकारी दिए ।
क्याम्पस अहिले विश्वविद्यालय तिर उन्मुख भएको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-