काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिदैछ । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिएसँगै उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
अन्तिम नामावली प्रकाशन भएपछि भोलि उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
माघ ११ गते रिक्त १९ पदका लागि निर्वाचन हुने छ ।
विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन गरिन लागेको हो । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-