पाेखरा । काठमाडौलमा अलपत्र अवस्थामा फेला परेका रौतहटका दिलिप शाहालाइ कृष्ण प्रसाद तिवारीको संरक्षणमा पोखरा ३२ राजाको चौतारमा राखिएको थियो ।
गत ८ गते दिउँसो ४ बजे शाहा राजाको चौताराबाट सम्पर्कविहिन भएको संरक्षक तिवारीले जानकारी दिएका छन् । बालकले चिनेजानेको ठाउँमा खोजतलास गर्दा नभेटीएपछी इलाका प्रहरी कार्यालय शिशुवामा निवेदन दिएका छन् ।
कालो वर्ण, मझौला शरीर, रातो हाफ सुइटर हाइनेक, निलो पाइन्ट र रातो टोपी लगाएको शाहा हराएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।
साथै कसैले शाहालाइ देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८४६०६६१८३, ९८४६२९६६२३, ९८४६४८०१६५ मा सम्पर्क गर्न शाहाका आफन्तले अनुरोध गरेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-