२०८३ असार २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मार्सलआर्ट रिङको नाममा लाखौं झ्वाम !

सामान विनै रकम भुक्तान

विजय नेपाली
पुस २२, २०८० १९:२१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
मार्सलआर्ट रिङको नाममा लाखौं झ्वाम !

( तस्वीर ः तत्कालिन युवा तथा खेलकुद मन्त्रालयले खरिद गरेको रिङ)

12
SHARES
Share on FacebookShare on Twitter

युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङको नाममा लाखौं रुपैयाँ झ्वाम पारेको भेटिएको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले अघि सारेको मार्सलआर्ट रिङमा आठ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको भेटिएको हो ।

उक्त रकम हिनामिना गर्नेमा खेलकुद मन्त्रालयकै कर्मचारीदेखि खेलकुदमा लागेका पदाधिकारिसम्म रहेको देखिएको छ । मार्सलआर्ट रिङको टेन्डर आह्वान पश्चात कसैले पनि टेन्डर नभरेपछि ब्रेकडाउन गरिएको थियो । उक्त ब्रेक डाउनअनुसार दुई कम्पनीले रिङका सामान खरिददेखि निर्माण गर्ने गरि टेन्डर पारेका थिए । रिङका लागि एउटा कम्पनीले रिङको बेश, खम्बा लागयत सामान बनाउने र अर्काले विभिन्न सामानहरु खरिद गर्ने गरि टेन्डर पारेका थिए ।

तत्कालिन युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको नेतृत्वमा रिङ बनाउने निर्णय भएको थियो ०७९ असार ताका भएको उक्त निर्णय अनुसार भ्याट बाहेक करिब १५ लाखको रिङ बनाउने भन्दै टेन्डर आह्वान भएको थियो । तर कसैलेपनि टेन्डर नभरेपछि ब्रेकडाउन गरिएको स्रोतले बताए । स्रोतका अनुसार रिङमा घोटला गर्नेमा मन्त्रीकै मान्छेसहित पोखरा महानगर खेलकुद विकास समितिका केहि पदाधिकारी समेत रहेका छन् । ती पदाधिकारी को हुन भन्ने यद्यपी खुलेको छैन् ।

०७९ असार १४ गतेको निर्णयले पछि मार्सलआर्ट रिङका लागि नव शुभम सप्लार्यस र अर्को कम्पनीलाई ठेक्का दिएको हो । कम्पनीले निर्माण गरेको रिङमा आवश्यक पर्ने कर्नर व्यारेष्ट ४ सेट, प्याडिङ म्याट १सेट, फ्लोर कभर एन्टीसिल्प क्याभास १ सेट, ३ सेमी नोइज रिडक्सन प्लाईवुड फ्लोरिङ १ सेट, गार्लिङ वाटर सिस्टम २ सेट, प्लेयर सिट २ सेट, हुक एण्ड रिङ स्कृट १ सेट गरी कुल ८ लाख ३२ हजार एक सय चार रुपैयाँको सामान गायब छ । यी सामान मन्त्रालयको सिस्टममा गज्जबले देखिन्छ तर फिल्डमा सामाननै छैन् ।
मन्त्रालयका कर्मचारी घनश्याम पौडेलले रिङको सबै सामान भएको दाबी गरे । उनका अनुसार प्रक्रिया पु¥याएरै सामान खरिद गरिएको छ ।

रिङ बनाउने योजना अघि बढेपनि त्यसको लागि जग्गाको विवाद भएको पौडेलले बताए । प्रदेश खेलकुद मन्त्रालयले खरिद गरेकै कारण तत्कालिन समयमा राखेपको अधिनमा रहेको पोखरा रंगशालाभित्र रिङ राख्न असमर्थ रह्यो ।
यता जग्गाको विवाद हुँदा उता रिङको रकम भने सहजै भुक्तानी भयो । भुक्तानीलाई कुनै बाधा अवरोध भएन । पौडेलले सिस्टममा नै काम गरेको बताइरहँदा त्यहि को एक कर्मचारीले भने रिङ राख्ने ठाउँ नभएपछि ठेकेदार कम्पनीले पछि राख्ने सर्तमा बिल पास गरिएको थियो । तर घनश्याम पौडेलले भने झै कुनै पनि सामान मन्त्रालयसँग छैन् ।

उनी तत्कालिन समयमा प्रदेख खेलकुद परिषद्का सदस्य सचिव समेत थिए । संस्थापक सदस्य सचित तेज गुरुङलाई उमेर हदबन्दी लागेपछि अर्को व्यवस्था नहुँदासम्म मन्त्रालयका कर्मचारी पौडेललाई सदस्य सचिवमा नियुक्त गरिएको थियो । उक्त मन्त्रालयका सचिवमा बद्रीनाथ अधिकारी रहेका थिए । घनश्याम पौडेल मन्त्रालयका उपसचिव हुन् ।

मन्त्रालयका एक कर्मचारीका अनुसार ठेकेदार कम्पनीसँग रिङ पछि बनाउने गरी रकम भुक्तानी भएको देखिन्छ । ठेकेदार कम्पनीले सबै रकम पायो तर मन्त्रालयले भने सामग्री पाएन । पछि मन्त्रालय नै खारेजीमा प¥यो त्यसपछि भने रिङमा घोटला गर्ने सरकारी कर्मचारीदेखि खेलकुदमा लागेको व्यक्तिलाई नै सहज भइदियो । नत मन्त्रालय रह्यो न त रिङ नै ।

उक्त रिङको जिम्मा लिन प्रदेश खेलकुद परिषद्लाई नभनेको पनि होइन भनिएको हो तर, प्रदेशले भने रिङ राख्न मानेन् । रिङको प्राविधिक जाँच भने मन्त्रालयका इन्जिनियर सागर गौतमले गरेका हुन् ।

घनश्याम पौडेलका अनुसार रिङको सामान राख्नका लागि प्रदेश खेलकुद परिषद्मा भवन बनाई राखिएको छ । उनलाई सामान छैन भनि जानकार गराउँदा समेत उनले सामान रहेको ठोकुवा गरे । त्यतिमात्र होइन् उनका अनुसा प्रदेश खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपमा समेत ती सबै सामानको प्रयोग भएको छ । तर प्रदेशमा कुनैपनि सामान नभएको प्रदेश खेलकुद परिषदका वर्तमान सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

‘मन्त्रालयले खरिद गरेको भन्ने कुरा जानकारीमा आएको छ । अब मन्त्रालयले खरिद गर्दाखेरी केके सामान छ सामानको स्पेफिकेशन, त्यसको गुणस्तर कस्तो छ र क्वान्टिटी र क्वालिटी कुन खालको छ त्यो यकिन नभएसम्म बुझ्न गाह्रो छ’ उनले भने । घनश्याम पौडेलले प्रदेशको भवनमा सामान रहेको कुरा उल्लेख गराउँदै सामान बारेमा जानकारी लिदाँ उनले प्रदेशमा सामान नभएको बताए । यस बारेमा जानकारी लिन तत्कालिन खेलकुद मन्त्री राजिव गुरुङलाई एक हप्तादेखि सम्पर्क गर्दा उनको फोन उठेन यस्तै ठेकेदार कम्पनी र प्राविधिक सागर गौतमले समेत बारम्बार फोन गर्दा समेत फोन उठाएका छैनन् ।

( तस्वीर ः तत्कालिन युवा तथा खेलकुद मन्त्रालयले खरिद गरेको रिङ)

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक