गाेरखा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नेपालमा युवालाई राेक्नकाे लागि युवामैत्री याेजना आउनुपर्ने धारणा राखेकी छन् । गाउँमा नगदे वालीमा जाेडेर उत्पादन क्षेत्रमा जनतालाई जाेड्नुपर्ने बताईन् ।
जुन ज्वति युवा क्लबकाे आयाेजनामा भएको छैटौं रिपथाेक कप २०८० काे उद्घाटन गर्दै मन्त्री सिम्खडाले खेलकुदमा अनुशासन महत्त्वपूर्ण हुने भएको कारण खेलाडीलाई अनुशासनमा रहनुपर्ने बताईन् ।
खेलकुदलाई अघि बढाउन प्रदेश सरकारले याेजना बनाएको, खेल मैदान बनाउन अघि बढेको बताईन् ।
संविधान सभा सदस्य अम्बर तमु कुनै समयमा खेतमा खेल खेलाएर परिचय दिएको, युवाहरू गाउँमा नहुनु दुखकाे समय रहेको धारणा राखे ।
खेलबाट खेलाडीले जीवन चलाउन सक्ने अबस्था बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । राम्रो खेलाडी देशमा छाडेर विदेशीनुपर्ने बाध्यता भएको कारण खेललाई व्यवसायीक रुपमा अघि बढाउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति गाेरखा उपप्रमुख लिला परियार जुन ज्वति युवा क्लबले खेलकुद बिकासमा टेवा पुर्याएकाे बताईन् । खेलाडी उत्पादन देखि खेल प्रतियोगिता गर्दै आएकोमा धन्यवाद दिईन् ।
सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा खेलाडीकाे रक्षाकाे लागि प्रतियोगिता आयोजना गरेर खेलकुदकाे बिकास गर्ने बताए । क्लबले खेलाडी जन्ममाउन सहयोग गरेको, गाउँपालिकाले पनि खेलकुदकाे बिकासमा ध्यान दिएको जानकारी दिए ।
सहिद लखन गाउँपालिका ९ वडाध्यक्ष रामकुमार श्रेष्ठ वडाका समस्या समाधान गर्न लागिपर्ने बताए ।
प्रतियोगितामा पहिलो हुनेले ५५ हजार ५ सय ५५ पाउने छ । भने दाेस्राे हुनेले ३० हजार ३ सय ३३ पाउने छन् ।
प्रतियोगितामा १० टिम सहभागी रहेका छन् भने २४ गतेसम्म प्रतियोगिता चल्ने छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-