पाेखरा । यातना पीडितकाे सवालमा सराेकारवालाहरुकाे भुमिका विषय प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडा राजनिती चलखेल भएको कारण द्वन्द पीडितकाे समस्या समाधान हुन नसकेको बताईन् । द्वन्द पीडितका समस्यालाई राजनितीक करण गरेको कारण समस्या भएको बताईन् ।
सहिद र द्वन्द पीडितका छाेराछाेरी १२ सम्म पढाउन सहिद स्कुल, दिलबहादुर छात्रवृत्ति प्रयोग गरेर शिक्षा लिनकाे लागि आग्रह गरिन ।
उनले माआेवादीले द्वन्द पीडितलाई सकेेसम्म सहजीकरण गर्न खाेजेकाे बताईन् । सहिद र द्वन्द पीडितकाे लागि १ कराेड बजेट बिनियाेजन गरेको भन्दै छिटै कार्यान्वयनमा लैजाने बताईन् ।

उक्त कार्यक्रममा द्वन्द पीडितकाेे तर्फबाट ज्ञानेन्द्र प्रसाद शर्मा, दिपक कुमार घर्तिमगर लगायतले द्वन्द पीडितकाे समस्या समाधान गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-