पाेखरा । सर्वोच्च अदलतले खारेज गरेको जनयुद्ध दिवसको सार्वजनिक बिदाप्रति नेकपा माओवादीले आपत्ती जनाएको छ । पार्टीका महासचिव गौरवले प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएका हुन् ।
नेकपा (माओवादीले) २०५२ साल देखि संघष गर्दै आएको विज्ञप्तीमा जनाइएको छ । संघर्षका क्रममा हजारौं संख्यामा नेपाल आमाको छोराछोरी सहिद भए घाईते अपाङ्गा भए कति बेपत्ता भएको जनाइएको छ ।

१५ दिने मधेश आन्दोलन, जनआन्दोलन र अन्य जातजाती र अन्य समुदायको आन्दोलनमा कयौं सहिद भएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालमा गणतन्त्रको उदय भएपनि नेपाली जनताले केही पाउन सकेका छैनन् । जनयुद्धको सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै वेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्दै फाल्गुन १ लाई राष्ट्रीय विदा दिन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० सरकार सँग जोडदार माग गरेको छ । जनयुद्धमा गरेको बलिदान, रगत र पसिनमाथि खेलबाड नगर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-