पोखरा । रुपा गाउँपालिका जनजनमा माओवादी घर घरमा माओवादी बिशेष रुपान्तरणको समापन समारोहमा बोल्ने बक्ताहरुले जनताको घरमा निरन्तर जानुपर्ने बताएका छन् ।
केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा नेता पनि रुपान्तरण भएको बताउदै निरन्तर जनताको घरमा जानुपर्ने बताएका छन् ।
तिवारीले अहिलेको अभियानले जनता संगै पुरै नजोडिएको तर कार्यकर्ता संग जोडिएको बताए । पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनता संग छुटेको अभियानले जोडिने काम भएको जानकारी दिए । उनले जनता संग निरन्तर जोडिनुपर्ने बताए ।
केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ पहिला जस्तै पार्टी बनाउनको लागि अभियान सञ्चालन भएको बताए ।
प्रदेश सचिवालय सदस्य विश्व प्रकाश लामिछाने अभियानको मुख्य उदेश्य जनताको घरमा नेता जाने योजना रहेको बताए । अभियान समाजवादी क्रान्ति तिर उन्मुख भएको बताए ।
अध्यक्ष राजकुमार घिमिरे सकरात्मक भएको छ । धेरै अभियान संचालन गर्नुपर्ने धारण राखे ।
कार्यक्रममा रामचन्द्र खनाल, सन्तबहादुर भुजेल, एसबहादुर गुरुङ, सत्यराज सुवेदी लगायतले भनाइ राखेका थिए ।
भदौ १६ गतेदेखि सुरु भएको अभियान ४ महिना निरन्तर चलिरहेको थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-