२०८३ असार २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेंसीशहरमा ३१ औं त्रिवेणी कप प्रतियोगिता सुरु

सबिना प्रजा
पुस १३, २०८० १०:१३ मा प्रकाशित
खेलकुद, समाचार, समाज
बेंसीशहरमा ३१ औं त्रिवेणी कप प्रतियोगिता सुरु
23
SHARES
Share on FacebookShare on Twitter

लमजुङ । सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको ३१ औं संस्करण बिहिवारदेखि बेसीशहरमा सुरु भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य एवं आयोजक त्रिवेणी युवा क्लवका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले जिल्लाकै सर्वाधिक राशीको त्रिवेणीकप खुल्ला फुटवल प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै पौडेलले सदरमुकाममा रहेको खेलमैदानलाई थप व्यवस्थित गर्न प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खेलकुदलको विकासका लागि स्थानीयतह देखि प्रदेश र संघीयस्तरमा नै नयाँ र फरक ढंगले ठोस कार्यक्रम तथा योजना निर्माण गर्नुपर्ने बताए ।

त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष टेकजंग गुरुङले स्वागत मन्तव्य राखेेेेका थिए । कार्यक्रमको सञ्चालन बिलम अधिकारीले गरे । प्रतियोगितामा यसवर्ष कूल २१ टिमले सहभागिता जनाएको प्रतियोगितामा विभागीय टिमहरु त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लव साथै क्वीन गोर्खाज युकेलगायत प्रतिष्ठित टीमहरुले भाग लिन खेल संयोजक सिजन श्रेष्ठले बताए ।

उद्घाटन सँगै सुन्दरबजार फुटवल क्लवले आयोजिक त्रिवेणी युवा क्लवलाई ३–१ गोल अन्तरले हराएको छ । लगातार ३ गोल गरेको सुन्दरबजार फुटवल कलवले पहिलो हाफमा कुनै गोल गर्न सकेन । दोस्रो हाफको २ मिनेटमै जर्सी नं. १७ का दिपेश घलेले गोल फर्काएपछि आयोजक त्रिवेणीसंग खेल बराबरी भएको थियो । त्यसपछिको रोमाञ्चक खेलमा सुन्दरबजारका तर्फबाट २२ औं मिनेटमा जर्सी नं. २३ का सरोज तामाङले फ्रि किकमार्फत गोल गरेपछि थप हौसिएको सुन्दरबजार टीमका जर्सी नं. ७ का एरोन थापाले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित सुनिश्चित गरेको हो । दोस्रो हाफमा लगातार ३ गोल गरेको सुन्दरबजार फुटवल क्लवले अब पुस १६ गते लमजुङ मस्र्याङ्दी युवा क्लवसंग खेल्नेछ । शुक्रबारको पहिलो खेल बेंसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाबीच बिहान साँढे ९ बजे हुनेछ । दोस्रो खेल सामना युवा क्लव तुरतुरे र काष्ठमण्डम रेष्टुरेन्ट एण्ड बार फुटवल क्लव काठमाडौंबीच मध्यान्ह साँढे १२ बजे हुने भएको छ । शुक्रबारको अन्तिम खेल पेन्गुइन एजुकेशन भरतपुर २४ र ठडराई अधिकारी समाज दुइथोकबीच दिउँसो साँढे २ बजे हुनेछ ।

प्रतियोगितामा विजयी टीमलाई ८ लाख रुपैयाँ, त्रिवेणी कप, जनही स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । उपविजेताले ४ लाख रुपैयाँ, जनही रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमीफाइनल पराजित २ टीमलाई १–१ लाख रुपैयाँ प्रदान गरिने भएको छ । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०–२० हजार रुपैयाँ दिइने आयोजक त्रिवेणी युवा क्लवका सचिव प्रवीण वाग्लेले बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न