लमजुङ । लम्जुङ्को दोर्दी दोर्दी गाउँपालिका ९ हिलेटक्सारले आफ्नो वडामा ‘एक घर–एक करेसाबारी’ कार्यक्रम शुरु गरेको छ । “आफ्नै करेसाबारीको अर्गा तरकारी खाउ स्वस्थ बनौँ” भन्ने नाराका साथ वडाले विषादी तरकारी रोकी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले प्रत्येक घरलाई अनिवार्य लागू हुने हिलेटक्सार स्वास्थ्य चौकीको संग सहकार्य गरि कार्यक्रम थालेको हो ।
करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष आशिष तामाङले बताए ।
वडा कार्यालयले टक्सार,थाम, पोखरी, लाकुरीबोट, चिसापानी, धैरेनि लगायतका टोलमा अनिवार्यरूपमा ‘एक घर, एक करेसाबारी’ निर्माण गर्न प्रत्येक घरलाई ५० प्रतिशत अनुदानमा १० प्रकारका बीउ निःशुल्क उपलब्ध गराएको छ । प्रत्येक घरलाई केराउ, धनिया, साग, मुला, गाजर, काउली, सिमि बन्दा, लगायतका बिरुवा वितरण गरिएको छ ।
एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्नेछ वडा अध्यक्ष तामाङले बताए । वडाभित्रका ३२६ घरधुरीले अनिवार्यरूपमा करेसाबारी निर्माण गर्ने र त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए ।
किसानहरुले किरा मार्ने सजिलो उपायको रुपमा लिंदै, तरकारीमा विषादी प्रयोग गरेर रोगबाट बचाउने उपयुक्त तौरतरिका नजान्दा जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम बढीरहेको छ । त्यसले पुरुषको पोस्ट्रेट, महिलाको पाठेघर क्यान्सर, गर्भवति महिलाको गर्भ तुहिने, गर्भ नबस्ने , प्रजनन क्षमतामा कमी हुने छालाको रोग लाग्ने र अन्य थुप्रै रोग लाग्ने गरेको छ। यश प्रकारका रोगबाट बच्न तथा बचाउन आफ्नो वडाबाटै यश कार्यक्रमको सुरुवात गरेको हो ।
यो वर्ष ‘एक घर, एक करेसाबारी’ निर्माण गर्नका लागि वडा कार्यालयलले आ.व २०८०/८१ कृषि कार्यक्रम अन्तर्गत ५० हजार बजेट विनियोजन गरेको छ। वडा नं ९ ले शुरु गरेको ‘एक घर, एक करेसाबारी’ अभियानलाई गाउँपालिका भर विस्तार गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।वडा कार्यालयले आगामी आर्थिक वर्षमा एक घर, एक करेसाबारीलाई थप बजेट विनियोजन गर्ने योजना गाउँपालिकाको छ । वडा कार्यालयले ल्याएको योजना निकै प्रशंसायोग्य भएको स्थानीय काजी सुनारले बताए ।
बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला नगरवासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास गर्न अर्थात् पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक खेतीबाली उत्पादन गर्नुपर्नेमा कार्यक्रमले थप प्रेरणा र सन्देशसमेत दिने वडा अध्यक्ष तामाङको भनाइ छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-