२०८३ असार १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी

गण्डकी प्रेस
पुस ११, २०८० १८:४७ मा प्रकाशित
समाचार, समाज, साहित्य/मनोरञ्जन
पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी
24
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् ।

यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिदैछ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् ।

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो ।

सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् ।

योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले यो नाटकले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

नाटकलाई आर्कषक बनाउनका लागि रिहर्सल सुरु भएको निर्देशक परिवर्तनले बताए । यसअगाडि बितेका कुरा, निरमाया, बाकस, एक चिहान, कोही किन बर्बाद होस्, दुई नाटक लगायत निर्देशन गरिसकेका उनले यस नाटकलाई परिपक्क बनाउन मेहनत र तयारी टीम मार्फत गहन ढंगले भइरहेको बताए ।

लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको उनले खुलाए ।

‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन गर्न लागिएको हो, हुनत मैले विगत ५ वर्षदेखि नाटकको स्कृप्ट लिएर उपयुक्त समयको प्रतिक्षामा बसेको थिए, जुन समय अहिले निस्कियो’ उनले भने ।

१ घण्टा ३० मिनेट अवधिको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए ।

नाटक पोखरा थिएटरको प्रस्तुतीमा माघ १३ गतेसम्म मञ्चन हुनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन