काठमाडौं । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सडकमा बा.१३ च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भई हाल पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कपिलवस्तु, यशोधरा गाउँपालिका-५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-५ बभनी बस्ने १५ वर्षीय रमन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-