स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । उनले पोखरामा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ सर्वेक्षण सार्वजनिकिकरण कार्याक्रमलाइ सम्बोधन गर्दै तिन तहको सरकारले स्वास्थ्यको समाधान गर्न लाग्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले सहकार्य गर्नुपर्ने धारणा राखे । अस्पताल चलाउन दक्ष जनशक्तिको आवस्यकता रहेको उनले सुनाए । २०५४ साल देखि जनशक्ति नथपेको कारणा जनशक्ति व्यवस्थापनमा कठीनाइ भएको मन्त्री बस्न्तले सुनाए ।
अहिले देशमा ९२ हजार स्वास्थकर्मी आवस्यक परेको सुनाए । बिमाको सेवा बिरामी जुन हस्पिटल गएपनि लिन पाँउने व्यवस्था मिलाउन लागेको छु ।
गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले गण्डकी प्रदेश भौगोलीक हिसाबले पनि कठिनाइ भएको कारणा अन्य प्रदेशलाइ भन्दा गण्डकी प्रदेशलाइ जनशक्ति धेरै आवस्यक रहेको बताइन् ।
तथ्याङकमा गण्डकी प्रदेशमा अन्य प्रदेशमा भन्दा धेरै सुर्तिजन्य पदार्थ खपत भएको देखिएको कारण सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने लागिपर्न योजना बनाउन पर्ने अवस्था आएको सुनाइन् । कार्याक्रममा गण्डकी प्रदेशका पालिकाका प्रमुख र उपप्रमुख स्वास्थ्य सग सम्बधीत उपस्थीत रहेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-