काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलमा काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक तनहुँ पिपरटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय हरि शम्शेर सुयाल थापा र बसमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २० जनाको कार्की मेडिकल अमलेखगञ्जमा र ७ जनाको हेटौंडा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१८ रानिजरुवामा घोराहीबाट रानीजरुवातर्फ जाँदै गरेको रा.१ त १६५५ नम्बरको ट्याक्टरबाट लडेर सोही उपमहानगरपालिका-१८ प्रगती टोल बस्ने १७ वर्षीया माया घर्ती मगरको मंगलबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, प्युठान नगरपालिका-३ सारिवाङमा आरनेटाबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ च २१८८ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाल्पा रम्भा गाउँपालिका-४ धाम बस्ने डम्मर बहादुर सुनारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका चालकलाई थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित सडकमा प्र.२-०४-००१ क ००१४ नम्बरको मिनिट्रकको ठक्करबाट साइकलयात्री हरिपुर नगरपालिका-७ चिताइन बस्ने ५० वर्षीय रुदल कुँवरको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-