लमजुङ सुन्दरबजार नगरपालिका ९ स्थित युभराज गुरुङले घर अघि राखेकाे माेटरसाइकल सहित चाेरी गर्नेलाइ काठमाडाैबाट लमजुङ प्रहरीले पक्राउ गरेकाे छ ।

लमजुङ सुन्दरबजार नगरपालिका वडा ८ बस्ने बर्ष १९ को बिसाल कुमाल र जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा २ बस्ने बर्ष २४ को अनिष बानियालाइ ०३-०२, ००६ प २७६१ नम्वरको NS मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी
प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-