पाेखरा । नेपाल क्याेकुशिन कराँते संघ कास्कीकाे आयाेजनामा शनिबार पेटी परिक्षा सम्पन्न भएको छ । करिब २ सय परिक्षार्थीले पेटी परिक्षा दिएका छन् । कास्की जिल्लामा रहेका रंगशालामा डाेजाे, लेखनाथ डाेजाे, पिएन क्याम्पस डाेजाे, बागमारा डाेजाे, भण्डाढिक डाेजाे लगायतका डाेजाेका खेलाडी परिक्षमा सहभागी भएकाे नेपाल क्याेकुशिन कराँते संघ कास्की अध्यक्ष लक्षुमण कुवरले जानकारी दिए ।
सेताे पेटीबाट पहेँलोमा जाने, पहेँलोबाट वरेन्ज पेटीमा जाने, वरेन्जबाट हरियो पेटीमा जाने, हरियोबाट निलाे पेटीमा जाने, निलाेबाट खैरो पेटीमा जाने र खैरो पेटीकाे तह घटाउनकाे लागि खेलाडीले पेटी परीक्षा दिएका थिए ।

कास्की जिल्ला खेलकुद बिकास समिति अध्यक्ष ताेरण बानियाँले खेलमा लाग्नेकाे भविष्य राम्रो रहेको बताए । उनले पेटी परिक्षामा सहभागीलाई शुभकामना दिए ।
संघका प्रदेश प्रमुख दिपक गाेदार खेलले अनुशासन सिकाउने बताए । खेलाडीले मेहनत गरे मात्र प्रर्दशन गर्न सक्ने धारणा राखे ।
प्रतिक्रिया लेख्नुहोस्:-