बि जी हस्पिटल तथा गण्डकी मेडिकल कलेज मनोरोग विभागको आयोजनमा चौथो स्वास्थ्य संगोष्ठि सम्पन्न भएको छ । गत शुक्रबार एस
जहाँ डा रोविन्का पन्त तथा डा सुनिता लामाले मनोरोग विषयक सोध पत्र पस्तुत गरेकी थिइन् । त्यस्तै दोस्रो चरणको कार्यक्रममा धुर्व सुनार तथा प्रा डा निर्मल लामिछानेले स्वास्थ्य जिवनका लागि शारिरिक एवं मानसिक व्यायामको आवश्यकता विषयमा पस्तुती दिएका थिए ।
त्यस्तै कार्यक्रममा बिजी हस्पिटल पोखराले नेपालमै प्रथमपटक भित्र्याएको शारिरिक एवं मानसिक व्यायामका लागि उच्च प्रविधि मशिन- डिप टि एम् एस् को चरणवद्ध थेरापीको विषयमा अन्तर्संवाद गरिएको थियो । सुरक्षा सार्की तथा रामप्रसाद पौडेलको संचालन रहेको सो संगोष्ठिमा, फिस्टेल हस्पिटलका सिनियर डा वसन्त ताम्राकार तथा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठले सहभागी शोधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
आर के सी बोनक्विट माटेपानीमा आयोजित सो सेमिनार बुद्धिसागर स्मृति प्रतिष्ठान की संरक्षक श्रीमती गङ्गादेवी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । दुई सत्रमा विभाजित उक्त संगोष्ठिमा प्रथम चरणको अध्यक्षता डा भोजराज न्यौपाने तथा प्रा डा तिर्थलाल उपाध्यायाले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-