तनहुँ । ब्यास नगरपालिका १२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धनकुटाबाट मुग्लिन हुँदै पोखरा पुग्न छुटेकाे ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका ९ बस्ने ४५ वर्षीय हस्त राई र अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-