स्याङजा । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि स्याङजा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-