लमजुङ जिल्लाकै ठूलो धनराशि भएको त्रिवेणी कप प्रतियोगिता बेंसीशहरमा आगामी पौष दोस्रो सातादेखि हुने भएको छ । त्रिवेणी युवा क्लबको आयोजनामा बेंसीशहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा ३१ औं संस्करणको प्रतियोगीता सञ्चालन हुने भएको हो ।

आयोजक क्लबले मंगलवार पत्रकार सम्मेलन गरी खेलाडीहरूको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्ने, फूटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । यस्ता प्रतियोगिताबाट बर्सेनि राम्रा राम्रा खेलाडी उत्पादन गर्न सहयोग हुने गर्छ ।
प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १र१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०र२० हजार रुपैयाँ पाउनेछन् । क्वाटर फाइनल देखी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिनेछ । पुस ८ गते साँझ ५ बजेसम्म शुल्क २० हजार शुल्क तिरेर टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगीता सञ्चालनका लागी ४७ लाख १० हजार खर्च अनुमानित सहित दैनिक ७ हजार र प्रतियोगीता अवधिभर करिब ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
गतवर्षको पुरस्कारमा ३ लाख रुपैयाँ थप गरेर त्रिवेणी कप राष्ट्रव्यापी फुवटल प्रतियोगिताको प्रथम पुरस्कार ८ लाख पुरस्कार राशी पु¥याएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-