गाजामा युद्धविरामको दोस्रो दिन थप १३ इजरायली बन्धक र चार थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको हो । यसको बदलामा ३९ प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको कारागारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
इजिप्ट र कतारसँगको मध्यस्थतापछि रिहाइमा भएको ढिलाइ समाधान गरिएको थियो । शनिबार रिहा गरिएका मध्येमा एक जना नौ वर्षीया बालिका पनि छिन् ।
कतारको मध्यस्थतामा भएको युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्धक र इजरायली जेलबाट ३९ प्यालेस्टाइनीहरूलाई रिहा गरिएको थियो ।
इजरायल र हमासले धमाधम कैदी र बन्धकको रिहाइ गरिरहँदा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ हुन सकिरहेको छैन ।
सरकारले यसका लागि दुवै पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको कतारसँग सहयोग मागेको थियो । तर अहिलेसम्म जोशीको रिहाइका सम्बन्धमा कुनै जानकारी आउन सकेको छैन ।
क्बनबचmबतजब ऋझभलतपभथकतयलभनयिदबलिभतधयचप
उनी हमासको नियन्त्रणमा सुरक्षित रहेको इजरायली सेनाले जानकारी दिएको भए पनि पछिल्लो अवस्था स्पष्ट छैन ।युद्धविरामको खबर आएसँगै नेपालमा रहेको जोशी परिवारका सदस्यहरूमा विपिन फर्किने आशा पलाएको छ ।
उनीहरूले विपिनको रिहाइका लागि पहल गरिदिन सरकारसँग पटक–पटक आह्वान गरेका छन् । अक्टोबर ७ मा हमासले गाजामा गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएको थियो ।
त्यसयता, गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट १४ हजार ५ सयभन्दा बढी मानिस मारिएको जनाएको छ । इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १ सय ५० जना कैदी छाड्ने सहमति भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-