काठमाडौं । रौतहट, राजपुर नगरपालिका-३ स्थित सडकमा बीआर ०५ एएक्स ८६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत मोतिहारी थाना चिरैया बस्ने ४० वर्षीय शिवकली देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
कपिलवस्तु, यशोधरा गाउँपालिका-३ बहडिलवामा लु.४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम कुमार कुर्मीको छोरा २ वर्षीय रुपेश कुर्मीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, बटेश्वर गाउँपालिका-४ दराने टोलमा साईकलबाट लडेर क्षिरेश्वरनाथ नगरपालिका-३ पकडिया बस्ने ५३ वर्षीय सुर्य देव रायको बिहीबार दिउँसो मृत्यु भएको छ । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको केसी अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, गढिमाई नगरपालिका-४ संग्रामपुरस्थित सडकमा ना.३ त ६६६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने संजय राय यादवको छोरा ४ वर्षीय आशिक यादवको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड हस्पिटल गरुडा हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, देवदह नगरपालिका-४ सिंगहास्थित सडकमा लु.५ प २३२९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ सोईया बस्ने ३६ वर्षीय ईश्वर सोमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तनहुँ, म्यागदे गाउँपालिका-५ धारापानिस्थित सडकमा म.प्र.०३-०३०प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल थाङदी खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्ला गण्डकी नगरपालिका-७ बस्ने २७ वर्षीय विनोद गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जि.पि कोईराला श्वास प्रश्वास उपचारकेन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लेखनाथ सिटी अस्पताल पोखरा रिफर गरिएको छ ।
कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१४ प ९३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ बारापोखरी-३ घर भएका ५२ वर्षीय टंक बहादुर समालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि फिस्टेल अस्पताल पोखरा पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-