पूवी लमजुङको दूधपोखरी गाउँपालिका भित्र रहेका ऐतिहासिक महत्व बोकेका ताल, हिमाल र प्राकृतिक सुन्दरताका विषय समेटिएको बृत्तचित्र निर्माण गरिएको छ ।
लमजुङ जिल्ला दूधपोखरी गाउँपालिका भित्र रहेको मनोरम हिमालचुली र बुद्ध हिमालको दृष्यहरूसँगै देउराली, लेवरचोक, इलमपोखरी, किस्तापोखरी र दूधपोखरी जस्ता धार्मिक तथा ऐतिहासिक प्रसिद्ध तालहरू बृत्तचित्रमा समेटिएको छ ।
साथै यस भेगमा पर्ने आश्चर्यजनक पदमार्ग र हिमाली भूःभागमा फुल्ने बहुरङ्गी फूलहरूको आकर्षण समेत बृत्तचित्रमा समेटिएको निर्देशक शंकर गुरुङले बताए । यस बृत्तचित्रको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य रहेको बृत्तचित्र कथा लेखक आर्यन गुरुङले बताए ।
दूधपोखरी गाउँपालिकाको देउरालीदेखि हिमाली दृष्यावलोकन गर्दै दूधपोखरीसम्म पुग्दा अलौकिक र प्राकृतिक सौन्दर्यको अपार आनन्द लिन सकिन्छ । यिनै धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रबद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई दूधपोखरी भ्रमण गराई यस क्षेत्रलाई अझै पर्यटन व्यवसायमा सफल र समृद्धि बनाउने जिम्मेवारी बोध भएकाले यो बृत्तचित्र निर्माण गरिएको आयोजकले बताएको छ ।
समग्र दूधपोखरी गाउँपालिका भित्र ओझेलमा रहेका ऐतिहासिक महत्वलाई उजागर गर्न लाग्दा पालिकाले सहयोग गर्नुपथ्र्यो तर नगरेको आयोजकले गुनासो पोखे । यही असाधारण परिस्थिति र कठिन यात्रासँगै निर्माण गरेको यो बृत्तचित्र भुम्लीचोक युथ क्लबको विशेष सहकार्यमा तयार गरिएको बताइएको छ ।
वैदेशिक रोजगारमा रहेकाहरूबाट रकम संकलन गरेर उक्त बृत्तचित्र निर्माण गरिएको बताइएको छ । साथै सम्पूर्ण सहयोगी दाताहरूको पूर्ण सहयोगमा यो बृत्तचित्र निर्माण गर्न सम्भव भएको हो । यो आफुहरूको पहिलो र ऐतिहासिक कदम भएको निर्माणकर्ताहरूले बताएका छन् ।
भुम्लीचोक निवासी शंकर गुरुङको निर्देशन रहेको सो बृत्तचित्रको कथा लेखन आर्यन गुरुङले गर्नुभएको हो । प्रविण नेपालीले सम्पादन गरेका छन् । भने पूजा गुरुङ र प्रतिमा गुरुङको छायाङ्कन रहेको छ । स्वर सम्पादनमा रुपेश लेखक, क्यामेरामा सन्देश गुरुङले गरेका छन् । दृष्य चयन राजकुमार गुरुङ र सो बृत्तचित्र निर्माण कार्य ह्वाइट लोटर्स स्टुडियो पोखरामा सम्पन्न भएको हो ।





























प्रतिक्रिया लेख्नुहोस्:-