मृगौला पीडित प्रिय घले को उपचारमा समस्या भएको छ । गोर्खाको आरुघाट गाउँपालिका वडा नम्बर १ दोर्जेत निवासी १६ वर्षीय प्रिया घलेको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

करिव ३ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका प्रियाको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा सन्त बहादुर घलेले बताए ।
‘३ महिना देखी उपचार गरे, नेपालमै सहयोग होला, भनेर अहिले काठमाडौँमा उपचार गराई रहेका छौँ, सबैले छोरीको ज्यान बचाउन सहयोग गर्नुहुन्छ भन्नेमा आसावादी छु ।’, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-