२०८३ असार १७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मंसिर ७ मा भिडन्तको संकेत, सुरक्षा निकाय हाइ अलर्टमा

युवा संघको कार्यक्रमको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन् भने प्रसाईं पनि सडकमा उत्रिनेछन्

गण्डकी प्रेस
मंसिर ३, २०८० ०८:३९ मा प्रकाशित
राजनिती, समाचार, समाज
मंसिर ७ मा भिडन्तको संकेत, सुरक्षा निकाय हाइ अलर्टमा
19
SHARES
Share on FacebookShare on Twitter

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा यही मंसिर ७ गते बिहीबार काठमाडौंमा जनप्रदर्शन हुँदैछ। ‘बृहत् नागरिक मुक्ति आन्दोलन’नाम दिइएको यो प्रदर्शनका लागि देशैभरबाट मानिसहरु काठमाडौंमा ओइरिने दाबी प्रसाईंले गरिरहेका छन्।

त्यही दिन नेकपा ९एमाले० को भ्रातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ। एकै ठाउँमा दुई ुदुष्मनु को कार्यक्रम हुने भएपछि सुरक्षा निकायका लागि यो टाउको दुखाइ बनेको छ। सुरक्षा व्यवस्थालाई लिएर गृह प्रशासनले छलफल थालिसकेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर देशको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका थिए। मंसिर ७ को सुरक्षा तयारीको विषयमा पनि प्रधानमन्त्रीले चासो राखेका थिए।

सुरक्षा निकायले प्रसाईँको आन्दोलनसँगै युवा संघको कार्यक्रमले झडपको स्थिति ल्याउन सक्ने आकलन गरेको छ। युवा संघको कार्यक्रमको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन् भने प्रसाईं पनि सडकमा उत्रिनेछन्। यी दुईबीच सार्वजनिक कार्यक्रम, मिडिया र सोसल मिडियामा विष वमन चलिरहेको छ। प्रसाईँ र बस्नेतले एकअर्कालाई तल्लो स्तरको गालीगलौज गर्दै आएका छन्।

युवा संघले गत असोज २२ गते कान्तिपथस्थित होटल एलो प्यागोडमा प्रसाईँमाथि कालो मोसो दलेपछि उनीहरुबीच दुष्मनी बढेको हो। मोसो दलिएपछि केपी ओली जिन्दावाद र महेश बस्नेत जिन्दावादको नाराबाजी भएको थियो। त्यसपछि प्रसाईंले महेश बस्नेतको निर्देशनमा मोसो दलिएको दाबी गरे।

घटनालगत्तै बस्नेतले फेसबुकमा लेखे, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, मोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं।’

त्यसको केही दिनपछि झापाको एक कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडीमा तोडफोड भएको थियो। त्यसपछि बस्नेत र प्रसाईँ सामाजिक सञ्जालमा एक अर्काप्रति आक्रामक देखिएका छन्। बिहीबार हुने दुई कार्यक्रमले थप झडप निम्त्याउने सुरक्षा निकायको विश्लेषण छ।

शनिबार पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरबाट मान्छे उतार्न लागेको बताए। उनले भने,‘एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरू उतार्न। ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो।’

अध्यक्ष ओलीले आफूहरूले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको बताए। ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं। हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने।

देशमा अनियमितता र बेथितिले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए। ओलीले कार्यकर्ताहरुलाई ७ मंसिरमा समयमै आउन उर्दी पनि जारी गरे। ओलीले एमाले कसैविरुद्ध जाइनलाग्ने बताए। ‘कसैसँग जाइलाग्ने नीति लिदैनौं। जोशिलो तर आक्रामक होइन। तोडफोड गर्दैनौं, आफ्नो सुरक्षा आफैँ गर्छौं,’ उनले भने।

ओलीले युवा भएर घर नबस्न चेतावनी दिए। ‘युवा भएर पनि ७ मंसिरमा घर बसियो भने त।।। खुट्टा फ्क्याक्चर भए अर्कै कुरा। ७ मंसिरमा युवाहरू घर बसे भने संगठन केका लागिरु जनवर्गीय संगठनका सदस्यहरू घर बसे भने संगठन के का लागिरु ७ मंसिर मैदान उत्रनेछौं, उनले भने।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव