काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा सिरहा लहान नगरपालिका-२४ घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
टिकटक र फेसबुकमार्फत पीडित महिलाको तस्बिर तथा श्रव्यदृश्य सामग्री दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन समेत लेखी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको भन्ने उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा महतोको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-