पोखरा । समाजिक बिकास मन्त्री शुसिला सिमखडा दर्जनौं छोरा छोरीलाई बाबू आमाले हुर्ककाएपनि दर्जनौं छोराछोरीले आमा बाबुलाई संरक्षण गर्न नसकेको बताएको छन् ।
मेची महाकाली राष्ट्रिय उद्वार अभियान २०८० आपतकालीन तथा तत्काल उद्वार र अनुभव आदानप्रदान एवं अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक मानव मुक्त सडक बनाउन मन्त्रालय पनि लागेको र अरु पनि लागेको जानकारी दिईन् । अधुरो रहेको भवन निर्माण कार्यक्रमलाई पूरा गर्न प्रयास गर्ने बचन दिईन् ।
छोराछोरी अमेरिका अष्ट्रेलिया युरोप गएको छन् बाआमा आश्रममा रहेको सुनाईन् ।
मेची महाकाली राष्ट्रिय उद्वार अभियान २०८० आपतकालीन तथा तत्काल उद्वार र अनुभव आदानप्रदान एवं अन्तकृया कार्यक्रम अन्तरगत अहिलेसम्म १ सय ५३ जनाको उद्वार भैसकेको छ । ४० जनाको समूह करिब २५ दिनमा अभियान संचालन गरिसकेको छन् ।
अभियान्ता रामजी अधिकारीले गण्डकी प्रदेशबाट ८ जना भन्दा बढिलाई उद्वार गरिएको जानकारी दिए । अघिल्ला वर्षमा पुस माघको महिनामा मेची महाकाली यात्रा गरेपनि अहिले चार्डपर्वको समयमा पारेर गरेको जानकारी दिए ।
मानव सेवा आश्रमका भवन निर्माण अलपत्र परेर समस्या परेको यी भवन निर्माणमा जोड दिन आग्रह गरे ।
समाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय सचिव बद्रीनाथ अधिकारी विभिन्न ठाउँमा मानव सेवा आश्रमको लागि बजेट बिनियोजन गरिएको जानकारी दिए । आगामी दिनमा राम्रो कामको लागि सहयोग गर्दै जाने बताए ।





























प्रतिक्रिया लेख्नुहोस्:-