फुटबल खेलाडीलाई उच्च सम्मान र स्वस्थ्यको लागि खेलकुदू को नारा सहित फङकी बिन्स को आयोजनामा आउँदो मंसिर ८ र ९ गते पोखराको स्पोर्ट्स क्यासेलमा फुटसल प्रतीयोगीता हुने भएको छ।

खेल बारे जानकारी गराउँदै आयोजक समितिका अध्यक्ष योगेन थकालीले प्रतियोगिताको उपाधि विजेतालाइ नगद ८० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।
यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिने उनले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करीब १० लाख खर्च हुने अनुमान गरिएको र आर्थिक लाभांशको प्रतिवेदन पछिको २०५ ग्रासरुट फूटबललाई उत्थान गर्न खेलकुद सामग्री र अन्य विदा हरुमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । प्रतियोगी खेलाडीहरु ३५ माथी उमेरको हुनेछन ।
प्रतिक्रिया लेख्नुहोस्:-