२०८२ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

७१ विद्यालय ध्वस्त, २४ विद्यार्थीको निधन

गण्डकी प्रेस
कार्तिक २१, २०८० ०८:०० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गयाे
12
SHARES
Share on FacebookShare on Twitter


जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ७१ वटा विद्यालय ध्वस्त भएका छन् । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा २४ जना विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार क्षति भएको विद्यालयको विवरण संकलन गर्ने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पमा परी जाजरकोटमा १ सय १ र रुकुम पश्चिममा ५२ जना गरी १ सय ५३ जनाको मृत्यु भएको थियो । जसमा ७८ जना बालबालिका रहेका छन् । यसअघि सरकारले १ सय ५७ जनाको मृत्यु भएको उल्लेख गरेको थियो । तीमध्ये ४ जनाको नाम दोहोरिएको हो । मृत्यु भएका बालबालिकामध्ये २४ जना विद्यार्थी छन् ।

कर्णाली प्रदेशका कामु प्रमुख सचिव चूडामणि पौडेलले कति विद्यालय क्षतिग्रस्त भए भन्ने विषयमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । आमसञ्चारमा फरकफरक तथ्याङ्क सार्वजनिक भइरहँदा सामाजिक विकास मन्त्रालयले ध्वस्त भएका विद्यालय र मृत्यु भएका विद्यार्थीको तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रमुख सचिव पौडेलले ध्वस्त भएका विद्यालय पुनर्निर्माण गर्ने विषयमा छलफल शुरु भएको जानकारी दिए  । उनले  भने – ‘दशैं र तिहारको बिदा भएकाले केही दिनभित्र विद्यालयमा अस्थानी टहरा (टीएलसी) बनाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार छठलगत्तै कक्षा सञ्चालन गर्न ध्वस्त भएका र क्षतिग्रस्त विद्यालयमा टीएलसी निर्माण कार्य शुरु गरिने जानकारी दिए  ।

उनले –भने ‘तिहारमा समेत संरचना निर्माण गरी छठलगत्तै कक्षा सञ्चालन गर्ने गरी टीएससी निर्माण कार्य शुरु गर्न लागेका छौं ।’ यसअघि सरकारले २०७२ सालको शक्तिसाली भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गर्न विलम्ब भएपछि करिब १ हजार टीएलसी भवन निर्माण गरी पठनपाठन शुरु गरिएको थियो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले अस्थायी टहरा निर्माण गरी तत्काल पठनपाठन शुरु गर्ने तयारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले आवश्यक परे केन्द्रले प्रदेश सरकारलाई टीएलसी निर्माण गर्न सहयोग गर्ने बताए । उनले सो घटनामा परी समस्या परेका विद्यालयको विषयमा केन्द्रले प्रदेश मन्त्रालयको सहयोगमा तथ्याङ्क लिने काम भइरहेको बताए ।
केन्द्रले भूकम्प प्रभावित दुई जिल्लामा आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएको छ ।

भूकम्पको कारण तिहारलगत्तै ध्वस्त भएका विद्यालयमा कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय निकायसँग छलफल जारी राखेको महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालयको संरचना पुनर्निर्माण गर्ने विषयमा प्रदेश सरकारसँग समन्वय जारी राखेका छौं ।’ तर कर्णाली सरकारले तिहारलगत्तै पठनपाठन सञ्चालन गर्न तयारी शुरु गरिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद
प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न
प्रमुख समाचार

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

विज्ञान दिवस- असोज १

विज्ञान दिवस- असोज १

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal