काठमाडौं । मोरङ,सुनवर्षी नगरपालिका-२ पिपल चोकबाट अन्दाजी १८ हजार रूपैयाँ मूल्य बराबरको ६ बण्डल नागिन पटाका बुधबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमरदहबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेका पटाका छोडी फरार भएपश्चात उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
कपिलवस्तु,यशोधरा गाउँपालिका-६ रतनपुरस्थित धान खेतमा वेवारिसे अवस्थामा लुकाई राखेकोअन्दाजी ३० हजार रूपैयाँ मूल्य बराबरको ६ प्याकेट पटाका बुधबार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।
घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-