२०८३ जेष्ठ ३१, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्नः मन्त्री सिंखडा

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन सम्पन्न

गण्डकी प्रेस
कार्तिक १५, २०८० २०:०३ मा प्रकाशित
खेलकुद, समाचार
खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्नः मन्त्री सिंखडा
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् ।

‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पछर्’ उनले भनिन् ।

खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक रुपमा भने अगाडि बढ्नुपर्ने उनको तर्क छ । व्यवसायीक रुपमा अगाडि नबढ्ने हो भने यी दुवै क्षेत्रको विकास हुन नसक्ने दावी उनको थियो । ‘खेल क्षेत्र र पत्रकारिताको क्षेत्र व्यवसायीक हुनुपर्छ, नत्र यी क्षेत्र कमजोर हुन्छ’उनले भनिन् ।

उनले नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोटर््स अवार्डमा बजेट अभाव हुन नदिने प्रतिवद्धता दोहो¥याइन् । ‘बजेटमा केही छुट्यो होला, छुटेपनि सच्याउने ठाउँ छ, अवार्डमा बजेट अभाव हुन दिन्नौं’ उनले भनिन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यहरुमा परिषदले सहकार्य गर्ने बताए । मञ्चले आयोजना गर्ने अवार्ड लगायतका कार्यक्रमको लागि परिषदले सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउदै आएको बजेट कटौती गरेकोमा गुनासो गरें । प्रदेश सरकार तथा स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकता नदिँदा पछिल्लो समय खेल क्षेत्रमा पोखरा पछाडि परेको दावी उनको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सीना पंगेनी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरी प्रसाद पराजुली, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बोलेका थिए ।

उनीहरुले मञ्च गण्डकीले गर्दै आएका कार्यक्रमले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमले यो क्षेत्रमा अगाडि बढ्ने खेलाडी, प्रशिक्षक, खेलसंघ तथा क्लब तथा खेलकुद विटमा कलम चलाउने पत्रकारलाई थप उर्जा थप्ने कार्य गरिरहेका उनीहरुको भनाई थियो । अवार्ड कार्यक्रमको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता समेत उनीहरुले जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।

मञ्चको बुधबार नै सम्पन्न बन्दसत्रले महासचिव राजाराम पौडेलले पेश गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष कविता घर्तीमगरले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरिएको थियो ।

बन्दसत्रमा मञ्चको विधान सम्बन्धमा समेत छलफल गरियो । विधान संशोधन समितिका संयोजक रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको महासचिव पौडेलले जनाए । विधान संशोधन समितिको सदस्यमा विजय नेपाल र गणेश बराल (ढाकामोहन) रहेका थिए ।

विधान शंसोधन पश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल तीन वर्षबाट दुई वर्षमा छोटिएको छ । यसैगरी सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएको छ । यी लगायत केही विधान र मापदण्ड विधान अधिवेशनबाट संशोधन गरिएको महासचिव पौडेलले खुलाए ।

मञ्च गण्डकीमा हाल खेलकुद बिटमा काम गर्ने ७४ जना पत्रकार आवद्ध छन् ।

सम्बन्धित समाचार

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

चर्चित खबरहरु

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश