गण्डकी प्रदेश सरकार सामाजिक बिकस मन्त्री सुशिला सिमखडाले स्वास्थ्य प्रमुखहरुलाई जिम्मेवार बनेर कर्तव्य पालना गर्न आग्रह गरेकी छन् । उनले पालो कुरेर भन्दा पनि जहाँ समस्या हुन्छ त्यहाँ समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेकी छन् । केही समय अघि तनहुँमा डेंगुको संक्रमित उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका जनशक्ति केन्द्रित भएका उदहारण दिइन् ।
गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने सामुहिक प्रतिबद्धतासँगै उष्ण प्रदेशीय रोगलाई रोकथाम र नियन्त्रणसम्बन्धि आवस्यक नीति तथा योजना तर्जुमा गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलवारदेखि सुरु गरेको दुईदिने प्रदेशस्तरिय कार्यशाला समापन शत्रमा बोल्दै तालिममा सिकेका कुराहरु जनसमुदाय सम्म पुर्याउनुपर्ने बताइन ।
गण्डकी प्रदेश सरकार योजना आयोगका सदस्य डाक्टर सुबार अधिकारीले जलबायु परिवर्तको कारण तराइ र पहाडमा पहिला देखीने रोगहरु पछील्लो समयमा पहिलामा क्षेत्रमा देखीदै गएको सुनाए ।
उनले अब हिमाली क्षेत्रमा पनि सोही अनुसारको स्वास्थ्य निती बनाउनुपर्ने बताए । सरुवा रोग रोक्न प्रदेश सरकारको भन्दा बढी संघ सरकारको भुमिका रहेको बताए । स्वास्थ्य मन्त्रालय मात्र नभइ वातावरण मन्त्रालय संग समन्वय गरेर अघि बढ्नुपर्ने अधिकारीले धारणा राखे ।
कार्यशालामा सहभागी स्वास्थ्य प्रमुखहरुले गर्मी याममा देखा पर्ने रोग, किट जन्य रोग र यस्तो रोगको रोकथामसम्बन्धि विषयमा छलफल गरेका छन् । यसका साथै जलवायु परिवर्तन, वायु प्रदुषण आदिका बारेमा पनि छलफल गरिएको थियो ।
कार्यशालामा सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले अबको दुईतीन बर्षमा गण्डकी प्रदेशलाई स्वच्छ खानेपानी, स्वच्छ वायू तथा स्वच्छ खाद्यान्न प्रदेशको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।


























प्रतिक्रिया लेख्नुहोस्:-