बेसिशहर नगरपालिका ११ चिति स्थित बरबोट बेसिमा रहेको १५ चेपाङ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बेसिशहर नगरपालिकाको आर्थिक सहयोग ६० हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेको विपन्न चेपाङ परिवारलाई सानो सहयोगबापत खाद्यान्न वितरण गरिएको बेसिशहर उपप्रमुख पद्ममा गुरुङले बताए । उनले बेसिशहर नगरपालिकामा ११ चिति बरबोटमा रहेका अति विपन्न समुदायको खाद्यान्न व्यवस्थापनको जिम्मा नगरपालिका–११ का अध्यक्ष शिव जोशिलाई दिएको बताए ।
प्रतिघर एक बोरा चामल, २ केजी दाल, ६ पोका तेल, २ केजी चिनी, २ केजि चिउरा र १ पोका नुन वितरण गरिएको उनले बताए । उक्त सामग्री बेसिशहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ, बेसिशहर नगरपालिका ११ का वडा अध्यक्ष शिव जोशी, न नेपाल चेपाङ संघ लमजुङ जिल्ला पूर्वअध्यक्ष अमृता चेपाङले हस्तान्तरण गरेका हुन ।
उक्त खाद्यान्न सामग्री पाए पश्चताप चेपाङ स्थानीयवासी खुसी भएका छन् भने बेसिशहर नगरपालिकालाई धन्यवाद दिएका थिए । आगामी दिनमा समेत दुखी गरिब परिवारका लागि बेसिशहर नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


























प्रतिक्रिया लेख्नुहोस्:-