लमजुङको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कैदीबन्दीलाई खसी उपलब्ध गराए । नगरप्रमुख अर्यालले दशै खर्च स्वरुप २० हजार रुपियाँ बराबरको खसी र नगद १० हजार उपलब्ध गराएका हुन । नगरप्रमुख अर्यालले जिल्ला कारागार कार्यालय लमजुङका जेलर ताराबहादुर तामाङ र चौकिदार सुबास राणाभाटलाई हस्तान्तरण गरिएको हो ।

कैदीबन्दीहरुको दशै चाड रमाइलो बनाउन तथा दसैंमा थोरै भएता पनि राहत पुगोस भन्ने उद्देश्यले नगरपालिकाद्वारा सहयोग गरिएको नगर प्रमुख अर्यालले बताए ।
लमजुङ कारागारमा हाल १ सय २ जना कैदीबन्दी रहेका छन् । ५ जना महिला र ९७ जना पुरुष रेहेका छन् । जसमा २ जना विदेशी नागरिक रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-