काठमाडौं । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ६ पुस्तुन बाहुनडाँडास्थित देविथान मन्दिर संरक्षण तथा पुननिर्माणका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ ।
देविथान डाँडामा रहेको मन्दिर वि.स. २०७२ सालको भूकम्पले भत्काएपछि यसको संरक्षणका लागि स्थानीय नागरिक, देशविदेशमा रहेका स्थानीय र जनप्रतिनिधिहरु लागिपरेका छन् ।
मन्दिरको संरक्षणका लागि देविथान संरक्षण समिति बनाएर सहयोग संकलन भइरहेको समितिका अध्यक्ष मनिप्रसाद गुरुङले बताए । उनका अनुसार हालसम्म करिव ३३ लाख रुपैयाँ संकलन भएको छ । वडाध्यक्ष मिनराशी गुरुङले व्यक्तिगत रुपमा ३३ हजार ३ सय ३३ रुपैयाँ दिएर चन्दा संकलनको सुरुवात भएकोमा हाल अभियान तीब्र रुपमा अघि बढेको छ ।
उक्त क्षेत्रको नागरिकको आस्थाको धरोहर मानिने मन्दिरको संरक्षण गर्नु सबैको दायित्व रहेकाले पुननिर्माणका लागि पहल गरिएको अध्यक्ष गुरुङको भनाई छ । मन्दिरका लागि सहयोग रकम संकलन तथा प्रतिवद्धता जारी रहेको उनले बताए ।
अमेरिका, बेलायत, क्यानडा, जापान, युएई, कतारलगायतको मुलुकमा बसोबास गर्दै आएका, देशभित्रका काठमाडौं, पोखरालगायत विभिन्न स्थानमा बसोबास गर्ने स्थानीयहरुले सहयोग गरेका छन् । हालसम्म ८९ जनाले सहयोग गरिसकेका छन् ।
समितिका सचिव विष्णुराज घिमिरेका अनुसार मंसिर पहिलो साताबाट मन्दिर पुननिर्माणको काम थालिने योजना बनाइएको छ । अहिले सहयोग संकलन अभियान तीब्र पारिएको उनले बताए । अभियानमा सबैले राम्रो सहयोग गरेको उनको भनाई छ ।
समितिका अनुसार अभियानमा मस्र्याङदी गाउँपालिका वडा नं. ६ ले २ लाख रुपियाँ सहयोग गरेको छ । १ लाख रुपैयाँ भन्दा बढी रकम दिने १० जना छन् । समितिका अध्यक्ष मनिप्रसाद गुरुङले १ लाख ७ सय १७ रुपैयाँ सहयोग गरेका छन् ।
अमेरिका बस्दै आएका विष्णुहरी घिमिरेले २ लाख २२ हजार २ सय २२ रुपियाँ सहयोग गरेका छन् । धनबहादुर गुरुङ र परिवारले १ लाख ५१ हजार २ सय १ रुपैयाँ, बेलायत निवासी योगी गुरुङ र प्रेम गुरुङले १ लाख १५ हजार ५, चितवन निवासी डा. हेमनाथ घिमिरेले १ लाख ११ हजार १ सय ११, शिव प्रसाद द्वाले १ लाख ११ हजार ११ रुपैयाँ, मोहन पुनेलले १ लाख १ हजार १ सय १, क्यानडा निवासी डा. शिवचन्द्र घिमिरेले १ लाख ५ सय ५, स्वामिनन्द भवन भट्टले १ लाख १ सय १, स्वर्गिय कबेर घले (घेर्मु) को स्मृतिमा परिवारले १ लाख रुपियाँ सहयोग गरेका छन् ।
हाल मन्दिर निर्माण गरिने र निकट भविष्यमा आवश्यक अन्य पूर्वाधार संरचनाहरु बाटो, पार्कलगायत समेत निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-