लमजुङ । सुन्दरबजार नगरपालिका ९ फुलबारी भोटेओडारमा सामुदायिक सिकाई केन्द्र संचालन तथा ब्यबस्थापनका लागि अक्षय कोष स्थापना भएको छ ।
राजशान्ति फाउण्डेशनका संस्थापक राजकुमार सुनार र शान्ति सुनारद्वारा स्वर्गीय बुबा पूर्ण बहादुर सुनारको स्मृतिमा एक लाख एघार हजार एक सय एघार रुपैंयाको अक्षयकोष खडा गरिएको हो । आश्विन २८ गते आइतबार बडा दशैको घटस्थापना शुभदिनमा स्थापना गरेको अक्षयकोषदाता राजकुमार सुनारले बताए ।
उनका अनुसार उक्त केन्द्रबाट सिपमुलक तालिम सन्चालन गरिनेछ ।
बेरोजगार तथा सीप सिक्न चाहने महिला र पुरुषका लागि सीप प्रदान गरिने सुनारको भनाई छ । वडा नम्बर ९ को मात्र नभएर नगरपालिका भरिका नागरिकका लागि कार्यक्रम सन्चालन गरिने सुनारले जानकारी दिए । उक्त कार्यक्रमका लागि फुलबारी बहुउद्देश्यीय सेवा समाज, वडा सदस्य मधु कुमारी बोहोरा भट्टराई, कुसल भट्टराईलगायतले नेतृत्व लिएका छन् ।
नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, वडा अध्यक्ष मनराज गुरुङको समेत सहयोग र साथ रहेको जनाएको छ । केन्द्रलाई बिस्तार गर्दै लैजाने नेतृत्वकर्ताहरुले बताएका छन् ।
‘राजशान्ति फाउण्डेशन’ ले पछिल्लो समय विभिन्न सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । बिशेष गरि लमजुङ र लमजुङे जनताको उत्थानमा जोड दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-