गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले नेपालकाे पहिचान र सुन्दरता नै संस्कृति रहेको बताएकी छन् ।
राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान गाेरखाकाे आयाेजनामा भएको बृहत लाेकदाेहाेरी महाेत्सव गाेरखाकाे दाेस्राे दिनलाई सम्बाेधन गर्दै उनले नेपालकाे संस्कृति संरक्षण गर्नुपर्ने बताईन् ।
नेपालीको गहना संस्कृति बिदेशी संस्कृतिकाे कारण बिस्तारै हराउदै गएको बताईन् ।
संस्कृतिकाे संरक्षण गर्न सबैले आफ्नो ठाउँबाट भुमिका खेल्न मन्त्री सिंखडाले अनुरोध गरिन ।
गण्डकी प्रदेश भित्र रहेका विभिन्न संस्कृतिकाे संरक्षण र बिकासकाे लागि आफुले छुट्टै एेन ल्याउन पहल गर्ने उनको भनाइ छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-