तमु समाज ओमनले मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० गर्ने भएको छ ।
हि ल्होको विदाई र मुप्रही ल्होको स्वागतमा जनवरी ५ तारिख २०२४ मा कार्यक्रम गर्ने भएको हो । अक्टोबर ६ तारिख शुक्रबार मस्कटको रुसेल गार्डेनमा समाजको सेप्टेम्बर महिनाकोे मासिक नियमित बैठक बसी उक्त निर्णय गरिएको हो ।
बैठक समाजका अध्यक्ष मनोज तमुको अध्यक्षतामा भएको थियो । बैठकले साँस्कृतिक कार्यक्रम जंगल रेष्टुरेष्ट, कुरुम, गोडनमा हुने तमु समाज ओमनका उपाध्यक्ष होम तमुले बताए । उनका अनुसार कार्यक्रममा समाजका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवं तमु मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० का कार्यक्रम संयोजक मादी तमुस्यो, समाजका भूतपूर्व अध्यक्ष एवं वर्तमान संरक्षक पूर्ण तमुको विशेष उपस्थिति थियो ।
समाजका पदाधिकारी सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको मासिक नियमित बैठकको सञ्चालन महासचिव प्रकाश तमुले गरेका थिए। उक्त बैठकमा सेप्टेम्बर १ तारिख तमु समाज ओमनको केन्द्रिय समितिको पूर्ण बैठक मार्फत भएका निर्णय अन्तर्गत आसन्न जनवरी ०५ तारिख २०२४ शुक्रबार, तमु समुदायको मौलिक महान साँस्कृतिक पर्व तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०८० का सम्बन्धमा बिशेष छलफल सहित निर्णय गरेको छ ।
बैठक एवं केन्द्रिय समितिको निर्णयमार्फत उक्त कार्यक्रममा तमु समाज ओमनको बिशेष आमन्त्रणमा सांगेतिक प्रस्तुतिका लागि नेपालका राष्ट्रिय बहुचर्चित, ख्याती प्राप्त कलाकार रचना रिमाललाई अतिथी कलाकारका रुपमा बिशेष आमन्त्रण गरिने निर्णय गरिएको उपाध्यक्ष तमुले बताए ।
उक्त बैठक मार्फत, ल्होसार कार्यक्रमको उप–संयोजकमा उपाध्यक्ष चन्दा तमुस्योलाई चयन गरिएको छ । ल्होसार कार्यक्रमका जिम्मेवारीका सम्बन्धमा विभिन्न बिषयमा विभिन्न ब्यक्तीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा कार्यक्रम संयोजक, संरक्षक र अध्यक्षले क्रमशः विभिन्न सल्लाह, सुझावसहित कार्यक्रम लाई सफल बनाउन सबै जना जिम्मेवारी पूर्वक लाग्न अनुरोध सहित निर्देशन दिएका छन् ।
बैठकमा नयाँ सदस्यका रुपमा औपचारिक रुपमा रोजा तमुस्यो, पुजा तमुस्यो, माया तमुस्यो, जमुना तमुस्यो, सुरज तमु र लालमाया तमुस्योलाई विधिपूर्वक खादा लगाई अध्यक्ष मनोज तमुले स्वागत गरेका थिए ।

























प्रतिक्रिया लेख्नुहोस्:-