काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्।सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्। उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् । मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।

























प्रतिक्रिया लेख्नुहोस्:-