हमासको आक्रमणपछि बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार भएको छ । उनीहरूलाई सुरक्षित स्थानतर्फ लगिएको तेल अभिभस्थित नेपाली राजदूत कान्ता रिजालले जानकारी दिएकी छिन् । उनले अहिले अप्रेसन चलिरहेको बताएकी छिन् ।
एक विद्यार्थीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूहरूलाई सुरक्षित स्थानमा ल्याइएको बताएका छन् । उनले आतंकवादीको कुनै समस्या नरहेको र चारैतिर इजरायली सेना रहेको बताएका छन् ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थी विपिन सुवेदीसँग फोनमा कुरा गरेका थिए । उनले जति सक्यो छिटो उद्धार गरिने बताएका थिए ।
शनिबार इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हमास र इजरायली सेनाबीच अहिले पनि युद्ध जारी छ । युद्धको बीचमा फसेका नेपालीहरूको उद्धार गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपालीको उद्धारसम्बन्धी विभिन्न ११ वटा निर्णय गरेको छ । जसमा नेपालबाट विमान पठाएर उद्धार गर्नेदेखि मित्र राष्ट्रहरूसँग सहयोग लिनेसम्मका विषय छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-