पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा बि–१३ ले कमलपोखरीलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बि–१३ को जितमा नकुल तामाङ र विनय तामाङले समान १/१ गोल गरे भने, कमलपोखरीका लागि विनम गुरुङले एक गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच बि–१३ का नकुल तामाङ घोषित भए ।
दोस्रो खेलमा लामागाउँले भुजुङ एफसीमाथि ५–० सानदार जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । पहिलो हाफमा ३ गोलको अग्रता लिएको लामागाउँले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लामागाउँका लागि अनुज भण्डारीले ह्याट्रिक गरे । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । यस्तै मीन गुरुङ र मनिष क्षेत्रीले समान १/१ गोल गरे ।
तेस्रो खेलमा रामघाट एफसीले नदीपुर एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । रामघाटको जितमा दिपेश आले नायक बने । उनले टोलिका लागि दुवै गोल गरे । आले खेलको म्यान अफ द म्याच घोषित भए ।
क्वाटरफाइनलको अन्तिम खेलमा गन्नी एफसीले त्रिशक्ति युनाइटेडलाई १–० झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । अनिस तामाङले गोल गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफि दी म्याच समेत घोषित भए । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल भोलि हुनेछन् । फाइनल प्रवेशका लागि बि–१३ र लामागाउँ भिड्ने छन् भने, रामघाट र गन्नी एफसी भिड्ने छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-