बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई नागरिकता दिन सहज हुनुपर्ने सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले बताएकी छन् ।
रेन्बाे चिल्ड्रेन हाेम नेपालकाे वार्षिक साधरण सभा सामाजिक लेखाजाेखा तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै नागरिकता लगायतका कागज नभएको कारण उनीहरू धेरै सुबिधाबाट बञ्चित हुनुपरेको बताईन ।
उनले नागरिकता सहज पाउने लागि सरकार संग पहिल गर्ने जानकारी दिइन् ।
सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री समय र समाज संगै हाम्रो साेच परिवर्तन हुनुपर्छ ।
संस्था चलाउन धेरै चुनैती हुँदा पनि चिल्ड्रेन नेपालले समाजमा उत्कृष्ट काम गरेकोमा धन्यवाद दिईन ।
पाेखरा ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई स्थानीय तहको तर्फबाट सक्ने सहयोग गर्ने बाचा गरे ।
बाल गृहबाट राम्रो नागरिक उत्पादन भएको उनीहरु समाजमा स्थापित गर्नकाे लागि राज्यले पहल गर्नुपर्ने बताए ।
नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमूना आमा समूहकाे पुर्व अध्यक्ष मिठु देवी अधिकारी, बालगृहकी दिपा खत्री लगायतले कार्यक्रम भनाई राखेका थिए ।
उक्त कार्यक्रममा पत्रकार सन्देश श्रेष्ठ सम्मानित भएका थिए ।
एसईई पास गर्ने र उच्च शिक्षा पास भएकालाई सम्मान गरिएको थियो ।

























प्रतिक्रिया लेख्नुहोस्:-