समाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडाले अन्य क्षेत्रमा भन्दा खेलकुद क्षेत्रमा राष्ट्रियता देखिएको बताईन ।
फाईनल स्नाेकर स्पाेर्ट बार प्रांलीले आयाेजनामा भएको दाेस्राे गण्डकी प्रदेश स्तरीय स्नाेकर प्रतियोगिताका बिजेतालाई सम्मान गर्दै खेलकुदमा राष्ट्रियता रहेको बताईन ।
सबै खेल सबैलाई मन नपर्ने भन्दै काे कसैले राम्रो नमाने पनि राम्रो मानेपनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने उनले जाेड दिईन ।
नराम्रो भन्नेलाई कामबाट राम्रो गरेर देखाउनुपर्ने उनले धारणा राखिन ।
खेलाडी अनुशासनमा बसेर खेल खेल्नुपर्ने, खेल क्षेत्रकाे साहित्ययिक क्षेत्र हाे स्नाेकर रहेको भन्दै उनले खेलाडीले हासैलाका साथ अघि बढ्न शुभकामना दिईन ।
बिकास महर्जन पहिलो हुँदै ८० हजार सिल्ड प्रमाणपत्र हात पारे । दाेस्राे भएका भाेला उपाध्याय ४० हजार सहित सिल्ड मेडल हात पारे ।
त्यस्तै गरी सान्त्वना भएका साेम बिक र मनिष प्रधानले १०/१० हजार सहित सिल्ड र प्रमाणपत्र हात पारे ।
फाईनल स्नाेकर स्पाेर्ट बार प्रालीका संचालक साेम विश्कर्माले नेपालमा स्नाेकरकाे लाेकप्रियत बढ्दै गएको भन्दै आगामी दिनमा अझै स्तरीय प्रतियोगिता गर्दै जाने बताए ।
कास्की, स्याङ्जा, बाग्लुङ र तनहुँका गरि ६४ जना सहभागी रहेका थिए ।
प्रतियोगितामा दर्ता शुल्क २ हजार ताेकिएकाे थियो ।

























प्रतिक्रिया लेख्नुहोस्:-