गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सरकार र निजी अस्पताल बिच समन्वय हुनुपर्ने बताएकी छन् ।
पाेखरामा भएका निजी अस्पतालका प्रतिनिधि संगकाे बैठकमा सरकार र निजी अस्पताल एक अर्कोमा परिपुरक गरेको धारणा राख्दै सरकारकाे समस्या पनि निजी अस्पतालकाे समस्या साेचर काम गर्नुपर्ने बताईन् ।
जाे पिडित छ पहिला त्यसको उपचार निशुल्क गरिदिनु उनले आग्रह गरिन् ।
गाडी चढेर सुट लगाएर आउनेलाई गरिबको छुट नदिई एकपटक आफू गरिब निमुखा भएर हेरेर गरिबले पाउने सेवा सुबिधा दिनु ।
सचिव बिनाेद बिन्दु शर्मा सरकारकाे काम निजी क्षेत्रले गरिदिएको भन्दै प्रशंसा गरे ।
फेवासीटी अस्पताल अध्यक्ष चण्डीका पन्थ वडाकाे सिफारिसकाे आधारमा गरिब तथा विपन्न वर्गलाई छुट दिदै आएको बताईन् ।
फिस्टेल अस्पताल मेडिकल अफिसर राजन पाेख्रेल, ग्यालेक्सी अस्पतालका व्यवस्थापक दिपेन थापा लगायतले बैठकमा भनाइ राखेका थिए ।

























प्रतिक्रिया लेख्नुहोस्:-