बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे चयन भएका छन् ।
बुधबार बसेको बेसिशहर नगरपालिका कार्यपालिकाको बैठकले नगर प्रमुख पदेन अध्यक्ष र निश्चल पाण्डे कार्यकारि उपाध्यक्ष हुने गरि १३ जना युवा र अरु पदेन सहित २१ सदस्य परिषद्द् बनाएको हो र उक्त बैठक आज बैठक बसि ऐन बमोजिम पाण्डेलाई कार्यकारी समितिको अध्यक्ष र अरु युवाहरु मध्यबाट १ महिला सहित २ जना र कर्मचारीबाट २ जना हुने ऐनको व्यवस्था अनुसार कार्यकारी समिति गठन भएको हो ।
परिषदले पाण्डेलाई अध्यक्ष र रेशम घिमिरेलाई सदस्य सचिवमा निर्वाचित गरेको हो । सदस्यहरुमा सुदिप पन्त, सबिना प्रजा, सुनिल घिमिरे रहेको छन् ।
निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै बेसिशहर नगरपालिका उपप्रमुख पद्दमा गुरुङले विकासको संबाहक युवाहरुले बेसिशहर नगरलाई नमुना बनाउन रचनात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताए । उपप्रमुख गुरुङले युवाहरुको सकारात्मक सोंचलाई समाज रुपान्तरणमा लगाउने नगरपालिकाको उद्देश्य रहेको बताए ।साथै युवा लक्षित कामको लागि सहज तरिकाले सर्वसम्मती गरेर नेतृत्व चयन गरेको भन्दै बेसिशहरका युवाहरुमा सकारात्मक सोंच भएको बताए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नगरपालिकाले युवाको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने अवसर दिएको बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहको अगाडि नमुना काम गर्दै सफल स्थानिय सरकारको सारथि बन्न युवा परिषद दृढ रहने अध्यक्ष पाण्डेले बताए ।
भेलालाई सहजिकरण गर्दै बेसिशहर नगरपालिका प्रमुख गुमाङसिङ अर्यालले नगरपालिका सधै युवाको पक्षमा भएको भन्दै निर्वाचित समितीले उदाहरणिय काम गर्नेमा नगरपालिका विस्वस्त रहेको बताए । निर्वाचित समितीले बेसिशहर नगरपालिका भरी युवा क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी लगाएतका बिषयमा काम गर्नेछ ।

























प्रतिक्रिया लेख्नुहोस्:-