पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले अस्पतालले सेवा दिँदा छिटो छरितो र सस्तो सेवा दिनुपर्ने बताएकी छन् ।

मानिपाल शिक्षण अस्पतालको आयोजनामा खेलकुद तर्फको पुरस्कार वितरण र एमबिबिएस पढाइ सकेका डाक्टरलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दे बिरामी हुँदैमा कसैले घर खेत बन्दकी राख्ने अवस्था आउन नहुने बताइन ।
सिंखडा अनुभव सुनाउँदै भनिन ‘मैले मन्त्रालय सम्हाल्दा डाक्टरको खाँचो रहेको छ । यहाँबाट उत्पादित जनशक्ति विकट गाउँमा गएर सेवा दिन सकुन् ।’
नेपाल डाक्टरी पडेकालाई नेपालमा नै रोजगारीमा ल्याउन सके राम्रो हुने उनको भनाइ छ । मनिपालले डाक्टर उत्पादन नगरी, कला संस्कृतिको पनि संरक्षण गरेको धारणा राखिन । सञ्चालन नारन पौडेलले शिक्षण अस्पतालको बारेमा भनाइ राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-