पोखरा । संघीय संसद डाक्टर ढाका कुमार श्रेष्ठले पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताएका छन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि आफुले जोड तोड रुपले संघबाट आवाज उठाउने बताए । विमानस्थल प्रमुख विक्रम गौतमसंगको कुराकानीमा उनले पोखराको विकासका लागी अन्तर्राष्ट्रिय उडान अपरिहार्य रहेको बताए ।
‘कहाँ गएर के गर्नुपर्छ, कस्लाई भन्नुपर्छ मलाई सल्लाह र काम दिनुस’ श्रेष्ठले भने, हामीलाई विकास ल्याउन परेको छ । विकास ल्याउन रातदिन काम गर्छु । त्यसका लागि अन्तर्राष्ट्रिय उडानको पनि खाचोँ छ ।’
आफु सरकारमा नभए पनि सरकारलाई झकझक्याउने काम गर्ने उनले सुनाए । अन्तर्राष्ट्रिय उडानको लागि कुटनैतिक भूमिका खेल्ने लगायतका काम गर्ने संसद श्रेष्ठले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान गर्न भारत, कतार र दुवैको लागि पहल गर्नुपर्ने बताए ।
पोखराबाट भारत उडान गर्न भारतसंग केही काम अघि बढेर रोकिएको कारण पहिला भारत सरकारसंग कुटनैतिक पहल गरिदिन आग्रह गरे । भारतबाट धेरै पर्यटक पोखरा आउने कारण बढि यात्रु हुने अनुमान रहेको गौतमको भनाइ छ । कतार र दुवई उडान भए अन्तर्राष्ट्रिय ट्रानजिट धेरै हुने बताए । अन्तर्राष्ट्रिय उडानसंगै पोखरामा होटल व्यवसाय पनि २४ घण्टा संचालन हुनुपर्ने गौतमको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-