पोखरा । माओवादी केन्द्रीय जनसत्ता नेपालले मेनपावर संचालकलाई पाँच दिनभित्र उपस्थित हुन उर्दी जारी गरेको छ । बिभिन्न देशहरुमा नेपाली युवा तथा युवती बेचबिखन गरी मोटो रकम असुलेको भन्दै उक्त कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ ।
उक्त बिषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकोले पाँच दिन भित्र जनसत्ताको न्याय विभागमा उपस्थित हुन उर्दी जारी गरेको सो पार्टीले जनाएको छ । पोखरा लगायतका विभिन्न ठाउँमा रहेको मेनपावरको नाममा र संचालकको नाममा पत्र काटेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-